शिक्षक आवश्यकता सम्बन्धी सूचना !!!

रोजगारीको अवसर

शिक्षक आवश्यकता सम्बन्धी सूचना !!!

प्रस्तुत विषयानुसार यस पाँचपोखरी थाङ्पाल गाउँपालिका कार्यालयको मिति २०८३/०५/०७ गतेको निर्णयानुसार यस गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयका लागि देहाय बमोजिमको तह र पदमा शिक्षक नियुक्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा रीतपूर्वकको दरखास्त आह्वान गरिएको छ ।

  • विज्ञापन नं. ०२/०८३/०८४

  • पद: शिक्षक आ.वि. (१-५)

क्र.सं.

पद/प्रकार

आवश्यक संख्या

कैफियत

१.

प्रा.वि. करार (१-५)

१ (एक जना)

  • शैक्षिक योग्यता: प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण

  • उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

  • तलब स्केल: नेपाल सरकारको नियमानुसार

  • दरखास्त दस्तुर: रु. ७००/- (अक्षरूपी सात सय मात्र)

  • दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू:

    • क) निवेदन

    • ख) शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि

    • ग) अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि

    • घ) नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

    • ङ) हालसालैको पासपोर्ट साइजको ३ प्रति फोटो

  • दरखास्त दिने अन्तिम मिति: २०८३/०५/२१ गते कार्यालय समय भित्र

  • परीक्षा किसिम: लिखित, मौखिक

  • लिखित परीक्षा सञ्चालन हुने मिति अर्को सूचना मार्फत जानकारी गराइने छ ।

  • दरखास्त फाराम गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाबाट प्राप्त गर्न सकिने छ ।

नोट: पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वेबसाइटमा गएर Online फाराम भर्न पनि सक्नुहुनेछ ।


सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 शिक्षक आवश्यकता सम्बन्धी सूचना ८ मंसिर, २०८३ JPG