FAQs Complain Problems

समाचार

वडा नं १ बाँसखर्क

पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं १ बाँसखर्क

पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं. १ मा बाँसखर्क रहेको छ । १४.९७ वर्ग कि.मि. क्षेत्रफल रहेको यस वडाकोपूर्वमा पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं.७ र ८ (भोटेनाम्लाङ, लागर्चे), पश्चिममा हेलम्बु गाँउपालिका वडा नंं. २ र ३ (किउल, पाल्चोक), उत्तरमा पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं.२ (बरुवा) तथा दक्षिण तर्फ मेलम्ची नगरपालिका वडा नं.८ (दुवाचौर) अवस्थित छ । बाँसखर्कको नामाकरण कसरी रह्यो भन्ने सम्बन्धमा अधिकांश स्थानीय, बुद्धिजिवी, वृद्धवृद्धाहरु तथा स्थानीय अगुवाहरुको भनाई अनुसार परापूर्वकालमा यस ठाँउमा बाँस नै बाँस भएको र तिनै बाँसको खर्क भनिने गरेकाले यस ठाँउको नामकरण बाँसखर्क रहेको भनाई छ । अन्य केही बुढापाकाहरुको भनाई अनुसार कालको बाँसखर्कमा बाँझ प्रजातीको रुख प्रशस्त पाईन्थ्यो, तिनै बाँझ प्रजातीको रुखको खर्क सोही बाँझखर्क बाँझखर्क भन्ने ठाँउबाट नामाकरण भएको भनाई छ । यस वडामा बाँसखर्क, जतन, मन्दिगाँउ तथा डाँङदुवा जस्ता नामबाट परिचित बस्तीहरु रहेको छ । यहाँ याङरीखोर, बोलम्ची, पागुगुम्बा, थार्पुचेत, तोम्सांखोर, स्याङ्वोखोर, तलेघर, काकाचेत, खरुबजार, मानेचोक, जतनथलो, गेण्डेभ्राङ, बर्जेटोल, काष्ठटोल, पुजारी टोल, सेपटोल, खनालटोल आदि रहेका छन् ।
यहाँन्यानो समशितोष्ण हावापानीे पाईन्छ ।यहाँको तल्लो भुभागमा धान, कोदो, मकै, गहुँ र तरकारीमा काउली, बन्दा, गोलभेडा, भेडेखुर्सानी लगायतका विभिन्न तरकारी तथा खाद्यन्न बाली आदिको खेतीपाती गर्न सकिन्छ भने माथिल्लो भेगमा आलु, मुला, चिया, कफि, किवि, सुन्तला, कागती, अदुवा, बेसार, लसुन लगायतका खाद्यन्न बालीमा धान, मकै, गहुँ, कोदो आदिको खेतीपाति हुन्छ । पशुपालनका सन्दर्भमा यहाँ गाई, भैँसी, बङ्गुर, खरायो पालन र पंक्षीमा कुखुरा पालन हुने गर्दछ । मौरीपालन पनि यहाँको थप आम्दानीका स्रोत बनेको छ । यहाँको माथिल्लो भागमा गोब्रे सल्लो, चिलाउने, रक्त चन्दन, निगालो, आँगेरी, बाँझ, लालिगुराँस, कुटमेरो, काफल, काउलो, मेहेल, लप्सी, किम्बु, खनियु, पैँयु, कटुस, कोइरालो, इपिल, टिम्बुर, दधिलो, मौवा, गोगन  इत्यादी रुखहरु हुन्छन् भने तल्लो भेगमा साल, साज, काफल, लप्सी, सिमल, चिलाउने, उत्तिस, कोइरालो इत्यादी बोट बिरुवा तथा रुखहरु पाईन्छन् । 
यहाँको मुख्य घ्याङ महायान बुद्धिष्ट सेवा समाज रहेको छ भने प्रमुख झरना तथा छाँगाहरुमा खरुखोला लामो छाँगो, फन्दला खोला छाँगो, छ्योङछ्योङ खोला रहेका छन् । त्यस्तै विशेष संरक्षित क्षेत्र एवं पर्यटकीय क्षेत्रहरुमा चिया बगान, महायान बुद्धिष्ट सेवा समाज, योल्मो काइन्यिङ सेडुप लिङ्ग गोन्पा, ओम्जियान, भूमेस्थान (ज्येबाथान) रहेका छन् । त्यसैगरी सिंचाइ कुलोहरुमा पुजारी टोल सिंचाइ, ग्हामाङखोला सिंचाई, भीरकुना सिँचाइ र फन्दलाङ खोला सिँचाइ आदि रहेका छन् । यहाँका प्रमुख मठ मन्दिरहरुमा चिण्डेश्वरी मन्दिर, मन्दिगाउँ देवीथान, पुरानो बजार भीमसेनस्थान, तलेघर भीमसेनस्थान, पुजारीटोल भीमसेनस्थान, महाकाली मन्दिर तीनधारा, लहरेमाने तीन धारा रहेका छन् । त्यस्तै कुण्ड तथा धाराहरुमा तीनधारा (ढुङ्गेधारा) र जन्तरेटोल ढुङ्गेधारा रहेका छन् । 

बाँसखर्क गाउँपालिका वडा नं. १

  • जम्मा क्षेत्रफल : १४.९७ वर्ग कि.मि.
  • साविक बाँसखर्क गा.वि.स. १ देखि ९ सम्म समेटिएको
  • जनसंख्या ३०७५ (महिला १९९१, पुरुष १९८४), घरधुरी संख्या ९५७ (२०६८ जनगणना अनुसार)
  • जाति : तामाङ, क्षेत्री, नेवार
  • भाषा  धर्म: जनगणना २०६८ अनुसारको विवरण प्राप्त गर्न नसकिएको ।
  • मुख्य चाडबाड र जात्रा मात्रा : सोनाम ल्होसार, दशै, तिहार  अन्य आदि ।

विद्यालयहरु 

  • श्री भिम विद्याश्रम माध्यमिक विद्यालय
  • श्री जनहित आ. वि.
  • बालविकास आ. वि.

 

स्वास्थ्य संस्था

  • बाँसखर्क स्वास्थ्य चौकी
  • जतन सामुदायिक स्वास्थ्य ईकाइ 
  • गाउँघर स्वास्थ्य क्लिनिक

 

धार्मिक तथा पर्यटकिय स्थलहरु : 

  • तीधारा धार्मिक स्थल
  • गोछ्यो ज्यो‌ओ थान (भुमेस्थान) पर्यटकिय स्थल
  • योल्मो कान्यिङ् शेडुप लिङ् गोन्पा, जतन
  • मावली देवीस्थान मन्दिर 
  • पद्म सम्भव गुरु रेम्बोर्छे
  • धार्मिक लहरे माने (स्तुपा)

कृषि पशुपालन :

  • व्यवसायिक रुपमा कृषि तथा पशुपालनको सुरुवात गरिएको भएपनि राम्रोसँग व्यवस्थित हुन नसकेको तर उब्जाउ तथा सिँचाई सुविधा उपलब्ध हुन सक्ने जमिन प्रशस्त रहेको ।

 

Population: 
३०७५
Ward Contact Number: 
९८०८०९२७७२

वडा पदाधिकारी

फोन:
९७४९३२६६०१
Email:
panchpokharimun1@gmail.com
फोन:
९८१८३६२०४६
Email:
फोन:
९८१८३८७३३५
Email:
फोन:
९८२३३१४६००
Email:
//