FAQs Complain Problems

समाचार

वडा नं ६ थाङपालधाप

 पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं.६

पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं.६ मा थाङपालधाप रहेको छ । १३.७७ वर्ग कि.मि. क्षेत्रफल रहेको यस वडाको उत्तरमा पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं. २ (बरुवा) र वडा नं.३ (भोताङ), दक्षिणमा पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं. ७ भोटेनाम्लाङ, पूर्वमा पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं. ४ (थाङपालकोट) र वडा नं.५ (गुन्सा) र पश्चिममा पाँचपोखरी थाङपाल इन्द्रावति खोला तथा वडा नं. २, बरुवा रहेका छन् । यस ठाँउको नाम “थाङ” र “पाल” बाट मिलेर बनेको छ, ह्योल्मो भाषामा “थाङ” को अर्थ समथर, सम्म र “पाल” को अर्थ जमिन या भूभाग भन्ने बुझिन्छ । साथै “धाप” भन्नाले भाँसिने ठाँउ हो । यसको मतलब समथर जमिनले बनेको, उपत्यका जस्तो ठाँउ जुन भाँसिएको जस्तो भएका हुनाले पनि यस ठाँउको नाम थाङपालधाप रहन गयो ।  यस वडा भौगोलिक रुपमा दुई वटा डाँडा वा गाँउमा विभाजित रहेको छ । गाँउपालिकाको केन्द्रको रुपमा रहेको यस वडा प्राकृतिक रुपमा सौन्दर्य छ । यहाँको ऐतिहासिक महत्व बोकेको रुपमा जोङरोङ महादेवस्थान, लुंगादेवी, दक्षिणकाली, अमिलो पानी, गोल्मेश्वरी जस्ता ठाँउहरु रहेका छन् । यहाँको अधिकांश मानिसहरु कृषिमा निर्भर छन् । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक कृषि प्रणालीको विकल्पमा समेत लागिरहेका छन् । यहाँको मुख्य बस्तीहरुमा सिमपानी, डाँडाटोल, टार, मित्रता चोक, स्याउले, लप्से, अधिकारी टोल, लेखर्क, धिताल टोल, पौडेल डाँडा, शेरा फाँट, आमदुर्गे, आरुबोटे, चिण्डे, थुम्की, नेवार टोल, भट्टराई टोल, गैह्री टोल, सुनुवार टोल, विक टोल, चौर, मुडे आदि रहेका छन् ।पाँचपोखरी थाङपाल गाँउपालिकाले २०७४÷२०७५ गरेको घरधुरी सर्वेक्षण अनुसार यहाँको घरधुरी संख्या १२०७ रहेको छ, कुल जनसंख्या ५,०५० रहेको छ भने महिलाको संख्या २,४७४ र पुरुष २,५७६ रहेको छ । यहाँ पनि सबैभन्दा बढी ४२६ घरपरिवार तामाङ, दोस्रोमा क्षेत्रीे ३२३ परिवार, तेस्रोमा दलित १४० परिवार र सबैभन्दा कम भुजेल जातीका जम्मा १० घरपरिवार रहेका छन। यस वडाको जनघनत्व ३६६.७३ रहेको छ ।

 

विद्यालयहरु 

 

स्वास्थ्य संस्था

 

धार्मिक तथा पर्यटकिय स्थलहरु : 

 

कृषि पशुपालन :

 

पदाधिकारीहरुको विवरण:

क्र.म.

नाम

पद

सम्पर्क

फोटो

१.

श्री नारायण भट्टराई

वडा अध्यक्ष

९८६४१६५३६६

२.

श्री गोपाल ज्योति

वडा सदस्य

९८६०५३५६०९

३.

श्री दिनेश देउजा 

वडा सदस्य

९८२३४६४४०१

४.

श्री लक्ष्मी तामाङ

महिला सदस्य

९८४४६९२९६६

५.

श्री बुध्दकुमारी विश्वकर्मा

दलित महिला सदस्य

९८०३६५३१८१

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कर्मचारीहरूको विवरण

क्र.स.

कर्मचारीको नामथर

पद

सम्पर्क नं.

फोटो

१.

रामजी पौड्याल

वडा सचिब

९७४९३२६६१६

 

२.

 

 

 

 

३.

 

 

 

 

४.

 

 

 

 

५.

 

 

 

 

पुर्व वडा पदाधिकारीहरुको विवरण:

क्र.म.

नाम

पद

सम्पर्क

फोटो

१.

श्री मान बाहादुर तामाङ

वडा अध्यक्ष

9841964687

२.

श्री सूर्य बाहादुर अधिकारी

वडा सदस्य

 

३.

श्री कुमार लामा

वडा सदस्य

9803165042

४.

श्री सावित्री खड्का

महिला सदस्य

9813502249

५.

श्री सीता विसुन्के

महिला सदस्य

9818752162

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

           

 

Ward Contact Number: 
9841964687

वडा पदाधिकारी