समाचार
वडा नं ७ भाेटेनाम्लाङ्ग
पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं.७ भोटेनाम्लाङ्
यस गाँउपालिका अन्र्तगत वडा नं. ७ मा भोटेनाम्लाङ रहेको छ । २१.१२ वर्ग कि।मि। क्षेत्रफल रहेको यस वडाको उत्तरमा पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं। ६, गाँउपालिकाको कार्यलय, दक्षिणमा पाँचपोखरी थाङपाल गाँउपालिकावडा नं.८, लागर्चे, पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका, ईन्द्रावती गाँउपालिका र जुगल गाँउपालिका र पश्चिममा पाँचपोखरी थाङपाल गाँउपालिकाको वडा नं.१, बाँसखर्क र इन्द्रावती नदी रहेका छन् । यस वडाको नामाकरण सम्बन्धमा स्थानीय मानिसहरुको धारणा विविध प्रकार रहेको पाइन्छ ।लिस्तीको गुम्बामा लामाको अभाव रहेकोले, चिरी गुम्बाको लामा खामसुङ्ग वाङदी लाई लिस्ती पौवाको मानिसहरु बलजफत गरेर ल्याउँदै गर्दा नाम्लाङ आई पुग्दा उज्यालो (बिहान) भएकोले ह्योल्मो भाषामा “नाम” भनेको बिहानी नाम्लाङ्गसी भन्नाले उज्यालो ठाँउ भन्ने कथन अनुसार यस ठाँउको नाम भोटेनाम्लाङ्ग भएको हो । त्यस्तै, स्थानीय जेष्ठ नागरिकहरुको भनाई भने अलि भिन्न खालको छ । उनीहरुको भनाईमा यसै जिल्लाको हेलम्बु बाट ‘ह्योल्मो’ जातीका मानिसहरु परापूर्व कालमा नुन लिन तिब्बत जाँदा हालको नाम्लाङमा रातीको समयमा बास बसेको र बिहानै उठेर हिँड्ने तरखर गर्दै उज्यालो भईसकेको भनेर जाउँ भन्दै समुहको नेताले ह्योल्मो भाषामा नाम्लाङ्गसी (उज्यालो भयो) भन्दा यस स्थानको नाम नाम्लाङ्गसी रहन गयो । नाम्लाङ्गसी नै कालान्तरमा अपभ्रंश भै नाम्लाङ्ग रहन गयो भन्ने भनाई पनि छ । यस वडामा तामाङ जातिको बाहुल्यता रहेको छ । यी तामाङहरु चीनको स्व—शासित क्षेत्र तिब्बतको भोटबाट बसाईसराई गरेर यस वडाको साबिकका वडा नं. ७ र ८ को नामलाङ भन्ने स्थानमा आई बसोबास गरेको हुनाले यस वडाको नामाकरण पनि भोटेनाम्लाङ रहन गएको हो भन्ने जनधारणा छ । शैक्षिक तर्फ आधारभूत विद्यालय संख्या ३ र माध्यामिक विद्यालय २ गरि जम्मा ५ वटा शिक्षण संस्थाहरू संचालित छन् । प्राकृतिक श्रोतको दृष्टिकोणले संभावनायुक्त बाकेको यस वडा विकासका आधारस्तम्भका रूपमा रहेका छ । यस वडामा विशेष गरी तामाङ जातीको बाहुल्यता रहेको छ र केही मात्रामा दलित, क्षेत्री, दनुवार, सन्यासी, भुजेल, गुरुङ, शेर्पा, नेवार समुदायका पनि रहेका छन् । यस वडामा तामाङ, गुरुङ, शेर्पा र नेपाली भाषीहरु रहेका छन् ।गाँउपालिकाले हालसालै गरेको घरधुरी सर्वेक्षण २०७४/२०७५ अनुसार सबैभन्दा बढी तामाङ जाति ६४० घरधुरी, दोस्रोमा दशनामी जाती १८० घरधुरी, क्रमशः गुरुङ १३६ घरधुरी, नेवार १२५ घरधुरी, दलित ११३ घरधुरी, क्षेत्री ९९ घरधुरी, भुजेल ४८ घरधुरी, दनुवार ४० घरधुरी, शेर्पा ३० घरधुरीहरु गरी कोे बसोबास रहेको छ । यस वडाको मुख्य बजारको रुपमा तिपेनी बजार हो । यसका साथैे वडामा साना व्यापार, तथा साना उद्योगहरु प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको वैकल्पिक श्रोतको रूपमा वैदेशिक रोजगारी पनि रहेको छ । विभिन्न जातजातीहरुको मिश्रित बसोबास रहेको यस वडामा विशेष गरी दशैँ, तिहार, ल्होसार, उघौली, उभौली, बुद्धजयन्ती, माघेसक्रान्ती, महाशिवरात्री आदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ । यस ठाँउको मुख्य बस्तीहरुमा तिपेनी, माझिरुम्टी, भोटेगाँउ, छाप, पण्डित टोल, देवीथान, सिलवाल टोल, भुजुङ्गे टोल, सार्की टोल, गुरुङ टोल, दनुवार गाँउ र फाप्रे रहेका छन् । यहाँको जनघनत्व २५६.७२ रहेको छ ।
विद्यालयहरु
स्वास्थ्य संस्था
धार्मिक तथा पर्यटकिय स्थलहरु :
कृषि पशुपालन :
पदाधिकारीहरुको विवरण:
| क्र.म. | नाम | पद | सम्पर्क | फोटो | 
|---|---|---|---|---|
| १. | श्री सुके तामाङ | वडा अध्यक्ष | ९७४९३२६६०७ ९८६०६००९४८ | 
 | 
| २. | श्री गोरोमाया तामाङ | महिला सदस्य | ९८२३३५१८७७ | 
 | 
| ३. | श्री बुद्धिमाया सार्कि | दलित महिला सदस्य | ९८२३०६८६१ | 
 | 
| ४. | श्री देबराज गुरुङ | सदस्य | ९८५१०६५८५३ | 
 | 
| ५. | श्री सुर्य बहादुर श्रेष्ठ | सदस्य | ९८१८४०४५२९ | 
 | 
कर्मचारीहरूको विवरण
| क्र.स. | कर्मचारीको नामथर | पद | सम्पर्क नं. | फोटो | 
| १. | 
 | 
 | ९७४९३२६६१७ | 
 | 
| २. | 
 | 
 | 
 | 
 | 
| ३. | 
 | 
 | 
 | 
 | 
| ४. | 
 | 
 | 
 | 
 | 
| ५. | 
 | 
 | 
 | 
 | 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





