समाचार
वडा नं ३ भाेताङ
पाँचपाेखरी थाङपाल गाउँपालिका वडा नं ३ भाेताङ
पाँचपोखरी थाङपाल गाँउपालिकाको अर्को भौगोलिक विविधतायुक्त भूभाग भोताङ हो । २८.६२ + १५७.९८ वर्ग कि.मि. क्षेत्रफल रहेको यस वडाको पूर्वमा लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्र, पश्चिममा पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं.२ (बरुवा) र वडा नं ६ (थाङपालधापा), उत्तरमा यसै गाँउपालिकाको वडा नं.२ (बरुवा) तथा दक्षिण तर्फ पाँचपोखरी थाङपाल गाँउपालिका बड़ा न ४ (थाङपालकोट) अवस्थित छ । भोताङ दुई शब्द "भे" र "ताङ" मिलेर बनेको बुझिन्छ । तिब्बती भाषामा “भे' को अर्थ लुकेको ठाँउ, गुप्त स्थान भन्ने बुझिन्छ भने "थाङ्" ले पवित्रता जनाउँछ । यसलाई समष्टि रुपमा भन्नु पर्दा मानिसको आँखाबाट गुप्त रहेको पवित्र स्थान भन्ने बुझिन्छ । झट्ट हेर्दा भोताङको धेरै भूभाग बाहिरबाट देखिदैन, लुकेको छ र यो शब्दको सार्थकता पुष्टि हुन्छ । कालान्तरमा जनजिब्रोमा भेषाङबाट भोताङमा रुपान्तरण हुन गएको भन्ने बुझिन्छ । त्यस्तै, "भे" भनेको भोट तिब्बत) र “थाङ" को अर्थ चउर (सम्म परेको भाग) अर्थ जनाउछ भन्ने एकाथरीका मानिसहरुको भनाई रहेको छ । तसर्थ भोताङ भन्नाले सम्म परेको भोट क्षेत्र बुझिन्छ । भो' को अर्थ भोट र "ताङ' को अर्थ भाँडा कुंडा जनाउँछ । तिब्बतबाट व्यापारीहरुले भाँडा कुंडाको व्यापार गर्दै यहाँ आएर बसेको हुनाले तामाङ भाषा अनुसार भोताङ नाम रहन गएको भन्ने विश्वास रहेको छ । त्यस्तै यस ठाँउका मानिसहरु पहिले भोट बाट आएर बसेको हुनाले यसै बाट अपभ्रंश भई भोटाङ हुदै भोताङ रहेको भन्ने पनि एकाथरी मानिसहरुको भनाई रहेको छ तर यसको सत्यता पुष्टि हुने खासै आधारहरु भेटिएका छैनन् । जहाँ विभिन्न किसिमका मठ मन्दिर, प्राकृतिक सम्पदा र सास्कृतिक धरोहर रहेका छन् ।
यस गाँउपालिकाको अत्यन्त रमणीय, दर्शनीय तथा ऐतिहासिक तिर्थस्थल तथा विश्वका प्रशिद्ध अग्लो स्थानमा रहेको हिमताल मध्ये नौं स्थानमा रहेको पाँचपोखरी छ, जसको उचाई ४१०० मिटर रहेको छ । जुन यस ठाँउ तथा पूरै गाँउपालिकाको गौरबको रुपमा रहेको छ । यसका अलावा यही अन्य ऐतिहासिक हवेली, मानम, डुप्वाङ, अमिलो पानी तथा ड्रागन गुफा जस्ता महत्वपूर्ण स्थानहरु रहेका छन् । यहाँ थार्पा ग्याल्बोहरु आज भन्दा २७० वर्ष अगाडी भोटको केरुङ, माङ्ग्योलबाट ह्योल्मो गोछालिग हुदै भोताङमा आएको पाईन्छ ।
यहाँको मुख्य बाली तथा यहाँको प्रमुख उत्पादन भनेको लेकाली आलु हो । यहाँका पनि अधिकांश मानिसहरु रोजगारीको सिलसिलामा देश बाहिर रहेका छन्, साथै यहाँका धेरै जसो मानिसहरु व्यापार व्यवसाय गर्दछन् । यहाँ वर्षेनी पाँचपोखरी धार्मिक स्थल घुम्न हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । यहाँको मुख्य बस्तीहरुमा यासां, ठूलो भोताङ, मजुबा, छिम्ती, म्यूगांउ, घ्यालसिङ रहेका छन्। पाँचपोखरी थाङपाल गाउपालिकाले २०७४/२०७५, गरेको घरधुरी सर्वेक्षण अनुसार यहाँको घरधुरी संख्या ९५४ रहेको छ, कुल जनसंख्या ४८१३ रहेको छ, भने महिलाको संख्या २,३०३ र पुरुष २,५१० रहेको छ । यहाँ सबैभन्दा बढी ८८९ घरपरिवार तामाङ, दोस्रोमा ह्योल्मो ३२ परिवार, तेस्रोमा दलित ३० परिवार र सबैभन्दा कम नेवार जातीका जम्मा ३ घरपरिवार रहेका छन् । यहाँको जनघनत्व १६८.१६ रहेको छ ।
विद्यालयहरु
स्वास्थ्य संस्था
धार्मिक तथा पर्यटकिय स्थलहरु :
कृषि पशुपालन :
<
पुर्व वडा पदाधिकारीहरुको विवरण:
| क्र.म. | नाम | पद | सम्पर्क | फोटो | 
|---|---|---|---|---|
| १. | श्री ङिमा छिरिङ्ग तामाङ्ग | वडा अध्यक्ष | ९८१३१२०८५२ ९७४९३२६६०३ | 
 | 
| २. | श्री देउ बाहादुर तामाङ | सदस्य | ९८०३४०७२९१ |  | 
| ३. | श्री सिग बहादुर तामाङ | सदस्य | ९६१११९३९६४ | 
 | 
| ४. | श्री मीना कुमारी तामाङ | महिला सदस्य | ९७४१४१६९६० | 
 | 
| ५. | श्री उषा सुनार | महिला सदस्य | ९८१८८२९१५८ | 
 | 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





