FAQs Complain Problems

२०७८ चैत्र २९- पाँचपोखरी थाङ्पाल गाउँपालिकामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियान शुरु हुने सूचना !!

सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियानका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकामा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सिडियो साबको उपस्थितिमा सम्पन्न भएको छ । पालिकाका सबै वडाहरुमा २०७९ बैशाख पहिलो हप्ता देखि यो अभियान शुरु हुनेछ । आआफ्नो वडामा आफ्नो पालोमा निम्न सक्कल प्रमाण सहित उपस्थित भई विवरण यकिन गरी दर्ता गराउनु हुन सम्बन्धित सबैलाई अनुरोध छ । यो अभियान प्रत्येक वडामा करिब १५ दिनसम्म सञ्चालन हुनेछ । पछि परिचय पत्र छापिएर आएपछि वितरण गर्दा पुनः छुट्टै अभियान सञ्चालन हुनेछ ।

निम्नः

१. नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य

२. नागरिकतामा जन्ममिति नखुलेमा मिति खुल्ने प्रमाण

३. नागरिकतामा भन्दा फरक ठेगाना भएमा वसाइसराई

४. नागरिकतामा पति पत्नी नखुलेको हकमा विवाह दर्ता प्रमाण

५. नागरिकतामा अंग्रेजी नाम नभएकोमा भरसक अंग्रेजी नाम खुल्ने कागजात

६. विवरण पुष्टी गर्ने अन्य कागजातहरु आवश्यकतानुसार जस्तैः मुत्यु दर्ता, सम्बन्ध विच्छेद आदि ।

-जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक ।

- पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक

आर्थिक वर्ष:

//